काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माथिल्लो तामाकोशी निर्माणमा भइरहेको ढिलाईलाई अस्वाभाविक र असाधारण भन्दै कारबाहीको चेतावनी दिएका छन् ।
नापी विभागमा आयोजित कार्यक्रममा बाेल्दै उनले अपर तामाकोशीमा अस्वाभाविक र असाधारण तरिकाले काममा ढिलाई भएकाे छ जसकाे कारण दैनिक १३ करोड नोक्शान भइरहेको बताए ।
उनले भने देशभित्र या बाहिरका जोकोही ठेकेदार हुन् अब सह्य र मान्य हुनेछैन, ढिलासुस्ती गर्नेले आफै क्षति व्यहोर्नुपर्छ
मेशिन जडानमा एक वर्ष अघि सोध्दा, एक महिना अघि सोध्दा र केही दिन अघि सोध्दा एउटै जवाफ पाउने गरेको भनेदै ओलीले असन्तुष्टी व्यक्त गरेका छन् ।