Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • विचार र सिद्धान्तमा विपरीत ध्रुवसँग मिलेर सरकार टिकाउन खोज्नु गलत हाे: घनश्याम भुसाल


    बिहिबार, बैशाख २ २०७८
    1.4K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • बुटवल । नेकपा एमालेका नेता घनश्याम भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले वाम गठबन्धन भत्काएर महन्थ ठाकुरहरुसँग मिली सरकार जोगाउन खोज्नु गलत भएकाे टिप्पणी गरेका छन् ।

    उनले विचार र सिद्धान्तमा विपरीत ध्रुवको जनता समाजवादी पार्टीसँग मिलेर सरकार टिकाउन खोज्नु गलत भएको बताउँदै अहिले मुलुकको सबैभन्दा बिसंगत विषय भनेकै वाम गठवन्धनको सरकार भत्काएर विपरीत मुद्दा र सिद्धान्त बोकेकासंग गठबन्धन गर्नु हाे उनले भने ।

    प्रेस चौतारी नेपाल (नेपाल पक्ष) ले गरेको पत्रकार सम्मेलनमा बाेल्दै उनले आउँदो चुनावसम्म पार्टीभित्र अन्तरसंघर्ष गर्दै जाने बताएका छन् ।

    ओलीको कुर्सी अहंकारले पार्टी विभाजनतिर गएकाे बताउँदै ओलीकै कारण एउटै कमिटीमा रहेर अन्तरसंघर्ष गर्ने अवस्था नभएकाले पार्टीभित्र समानान्तर कमिटीको अभ्यास गर्नु परेकाे उनकाे भनाइ छ ।

    संसदको अंक गणितले वाम गठवन्धनको सरकार बन्ने सम्भावना अझै रहेपनि ओलीकै कारण त्यो सम्भावना टाढा धकेलिएको भुसालले बताए ।

    अध्यक्ष ओलीको आफू कुर्सीमा रहिरहने तृष्णाले पहिले नेकपा र अहिले एमाले कमजोर बन्दै गएको भुसालले टिप्पणी गरे ।

     

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार