Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्रीद्धारा ल्यान्ड इन्फर्मेसन सिस्टम तथा मेरो कित्ता डिजिटल सफ्टवेयरको औपचारिक शुभारम्भ


    बिहिबार, बैशाख २ २०७८
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहिबार ‘ल्यान्ड इन्फर्मेसन सिस्टम’ तथा  ‘मेरो कित्ता’ अनलाइन एप्स औपचारिक  उद्घाटन गरेका छन् ।

    बिहीबार भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा नापी विभागको आयोजनमा भूमी प्रशासन सुशासन सम्बन्धी डिजिटल सफ्टवेयर प्रधानमन्त्रीले स्वीच थिचेर उद्घाटन गरेका हुन् । 

    उक्त सफ्टवेयर सन्चालनमा आएसँगै भूमी व्यवस्था तथा जग्गा सम्बन्धी सम्पूर्ण जानकारी, तथ्याङ्क एप्स मार्फत नै जानकारी पाउन सकिने र सेवाग्राहीले घरमै बसेर पनि आफ्नो जग्गाको कित्ताकाट गर्न सक्ने र त्यसको प्रिन्ट समेत गर्ने सकिने जनाइएको छ । 

    यस्तो प्रणाली देशैभरका मालपोत कार्यालहरुमा उपलब्ध गराइने र सो तथ्याङ्क राष्ट्रिय सर्वरमा जोडि देशैभरका जग्गा सम्बन्धी तथ्याङ्क उपलब्ध गराइने सरकारले जनाएको छ ।
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार