Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • गण्डकी प्रदेशसभाको अधिवेशन अन्त्य


    बिहिबार, बैशाख २ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • पोखरा । गण्डकी प्रदेशसभाको चालु हिउँदे अधिवेशन अन्त्य गरिएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख अमिक शेरचनले वैशाख १ गते राति १२ बजेदेखि अधिवेशन अन्त्य गर्नुभएको हो ।

    अधिवेशन अन्त्य गरिएको पत्र प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त भएको र बिहान १०ः३५ बजे प्रदेशसभा सचिवालयमा दर्ता भएको सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो ।

    नेपाली कांग्रेससहितका विपक्षी दलले सरकारका विरूद्ध अविश्वासको प्रस्ताव दर्ताको तयारी गर्न लागेको अवस्थामा चालु अधिवेशन अन्त्य गर्नुलाई राजनीतिक बृत्तमा चासोका साथ हेरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार