Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बद्नामलाई काखी च्याप्दै एनआरएनएका अध्यक्ष र महासचिव


    बिहिबार, बैशाख २ २०७८
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । मजदुरलाई काम लगाएको पैसा नदिने र गुण्डागर्दी गरेको आरोप लागेका गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका उपाध्यक्ष उत्तम गुरुङलाई नेपालमा फिर्ता (डिपोट) पठाउन खोज्दा रोक्ने चलखेल भएको छ । गुरुङलाई कतार सरकारले नेपाल डिपोर्ट गर्न खोज्दा एनआरएनएका अध्यक्ष कुमार पन्त र महासचिव बद्री केसी नै रोक्न लागिपरेका छन् । विभिन्न काण्डमा मुछिएका गुरुङलाई जोगाउन र डिपोर्ट नगर्न कतारस्थित नेपाली राजदूत नारद भारद्वाज वाग्लेलाई पन्त र केसीले चर्काे दबाब दिइरहेको खबर छ । तर राजदूत वाग्ले भने गुण्डागर्दीमा संलग्न गुरुङलाई नेपाल डिपोर्ट गर्नुपर्ने पक्षमा रहेको श्रोत बताउछ ।

     पन्त र केसीले परराष्ट्र मन्त्रालयका अधिकारीलाई प्रभावमा पारी कतार सरकारले डिपोर्ट गर्न लागेका गुरुङलाई जोगाउन धाइरहेका छन् । गुरुङले कतारमा बेस्ट वेस्टर्न होटलमा रहेको टनेल लाउन्ज एण्ड क्लबमा राखेका नेपाली कामदारलाई झण्डै ५० लाख रुपैयाँ पारिश्रमिक नदिई शोषण गरेको उजुरी कतारस्थित नेपाली राजदूतावासमा पनि परेको छ । काम लगाएर पैसा नदिएका मजदुरलाई गुरुङले बसेको फ्ल्याटमा समेत मदिरा सेवन गरी होहल्ला र गुण्डागर्दी गरेपछि कतार प्रहरीमा उजुरी परेको थियो ।

     उजुरी पछि कतार प्रहरीले नेपाली राजदूतावासमा उनलाई डिपोर्ट गर्ने अनुमति माग गरेको छ । उनलाई डिपोर्ट गर्न दूतावासले अनुमति दिएपछि एनआरएनएका अध्यक्ष पन्त र महासचिव केसी उनलाई जोगाउन र डिपोर्ट गर्नबाट रोक्न थैली बोकेर हिँडेका छन् । उनीहरुले परराष्ट्र मन्त्रालयमा पहुँच पु¥याएर राजदूत वाग्लेलाई दबाब दिएका छन् ।

    परराष्ट्र मन्त्रालयका प्रवक्ता सेवा लम्सालले उत्तम गुरुङलाई डिपोर्ट नगर्नका लागि दबाब आएको बारेमा आफुलाई केही थाहा नभएको बताइन् । उनले भनिन्, ‘यसबारेमा बुझ्नुपर्छ । पछि सम्पर्क गर्नुहोला ।’ पछि उनी सम्पर्कमा आउन चाहिनन् । (सोमबारको साँघु साप्ताहिकबाट)

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार