एजेन्सी । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बुधबार राति भएको खेलमा रोयल च्यालेन्जर्स बेङ्ग्लोर विजयी भएको छ ।
भारतको चेन्नईमा भएको खेलमा सनराइजर्स हैदराबादलाई ६ रनले हराउँदै बेङ्ग्लोरले लगातार दोस्रो जित निकालेको हो ।
बेङ्ग्लोरले दिएको १५० रनको लक्ष्य पछ्याएको हैदराबादले २० ओभरमा ९ विकेट गुमाएर १४३ रन मात्र बनाउन सक्यो । हैदरबादका लागि सर्वाधिक कप्तान डेभिड वार्नरले सरधिक ५४ रनको योगदान दिएपनि जित दिलाउन भने सकेनन्।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको बेङ्ग्लोरले २० ओभरमा ८ विकेट गुमाएर १४९ रन बनाएको थियो । बेङ्ग्लोरको जितमा अस्ट्रेलियन अलराउण्डर ग्लेन म्यक्स्वेलले सर्वाधिक ५९ रन बनाए।
जितसँगै बेङ्ग्लोर लिगको शीर्ष स्थानमा उक्लिएको छ । बेङ्ग्लोरले २ खेलमा ४ अङ्क जोडेको छ, यस्तै, हैदरबाद भने लगातार दुई खेलमा पराजित भएको छ।