Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालको पूर्वी नाका दुई दिनका लागि सिल


    बिहिबार, बैशाख २ २०७८
    1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • झापा। भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका ७२ घण्टा लागि आज बिहान ६ बजेदेखि सिल गरिएको छ ।

    पश्चिम बङ्गालमा यही वैशाख ४ गते हुने राज्यसभाको निर्वाचनलाई दृष्टिगत गरी काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो । 

    प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए ।

    उनका अनुसार सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार