Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बङ्लादेशमा एकै दिनमा अहिलेसम्मकै सबैभन्दा धेरैको मृत्यु


    बिहिबार, बैशाख २ २०७८
    630
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • एजेन्सी। कोरोना भाइरसको महामारी फैलिइरहेको बङ्लादेशमा बुधबार एकैदिन अहिलेसम्मकै सवैभन्दा धेरैको मृत्यु भएको छ । 

    सरकारी अधिकारीहरुले दिएको जानकारीअनुसार कोरोनाका कारण बङ्लादेशमा एकैदिनमा ९६ जनाको मृत्यु भएको हो ।

    योसँगै बङ्लादेशमा कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या नौ हजार ९८७ पुगेको अधिकारीहरुले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

    बङ्लादेशमा एकैदिनमा सवैभन्दा धेरै सङ्क्रमित भने यही अप्रिल ७ मा भएका थिए । त्यो दिन सात हजार ६२६ जना सङ्क्रमित भएका थिए । स्वास्थ्य सेवा महानिर्देशनालयले पछिल्लो २४ घण्टामा पाँच हजार १८५ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको जनाएको छ । 

    बङ्लादेशमा कोरोना भाइरसबाट अहिलेसम्म सङ्क्रमितहरुको कुल सङ्ख्या सात लाख तीन हजार १७० पुगेको पनि अधिकारीहरुले जनाएका छन् । पछिल्लो २४ घण्टामा बङ्लादेशमा २४ हजार ८२५ जनाको कोरोना परीक्षण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार