रसुवा। गएराती जिल्लाको कालिका गाउँपालिका–२, स्याउबारी भन्ने ठाउँमा टिप्पर दुर्घटना भएको छ।
दुर्घटनामा २ जनाको मृत्यु हुनुको साथै एक जना बेपत्ता भएका छन् ।
मृत्यु हुनेमा सोही गाउँपालिका–१ का २५ वर्षीय सवारी चालक सागर तामाङ र उनका दाजु २७ वर्षीय राजेन्द्र तामाङ रहेका छन् ।
गएराति ११ बजेतिर राम्चेबाट बेत्रावती जाने क्रममा बागमती प्रदेश ०१–००६ ख १६८८ नम्बरको टिप्पर दुर्घटना भएको हो ।
‘टिप्परमा कालिका गाउँपालिका–१ का वडाध्यक्ष मालफूर्पा तामाङ सहित तीन जना रहेका थिए’,जिल्ला प्रहरी कार्यालय रसुवाका डिएसपी देवेन्द्र पाण्डेले भने।
तर, दुर्घटना भएपछि वडाध्यक्ष तामाङ कतै भेतिएनन् भने उनको मोबाइल गाडीमा भेटिएसँगै उनको खोजी कार्य भइरहेको डिएसपी पाण्डेले जानकारी दिए।