Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न नसकेपछि प्रतिगमन भयो भनेर हल्ला चलाउने ? : प्रधानमन्त्री


    बुधबार, बैशाख १ २०७८
    985
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले केही व्यक्तिले आफ्नो महत्वाकांक्षा पूरा गर्न नपाउँदा देशमा प्रतिगमन भयो भनेर गलत हल्ला फैलाएको आरोप लगाएका छन् ।

    बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा उनले प्रतिगमनको गलत अर्थ लगाइएको टिप्पणी गर्दै परिवर्तन नै नबुझेकाहरूले आफू पधानमन्त्री हुन नपाएर प्रतिगमनकाे गलत हल्ला फैलाएका हुन् ।

    अहिलेको व्यवस्था र यो व्यवस्था सञ्‍चालन गर्ने संविधान खोसियो भने मात्र प्रतिगमन हुने भन्दै उनले भने ‘लुटपाट गरेर भए पनि सरकारमा पुग्न पर्ने त्यो कुरा रोकियो, त्यसैले प्रतिगमन भनेका छन् । आफूले ध्वस्त पार्न खोज्ने ध्वस्त पार्न सकिएन भनेर प्रतिगमन भयो भनेर हल्ला चलाउने ?’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार