Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राजनीतिक स्थायित्वका निम्ति गम्भीर बनौं: प्रदेश प्रमुख शेरचन


    बुधबार, बैशाख १ २०७८
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौँ । गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले राजनीतिक स्थायित्व, शान्ति र समृद्धिका लागि गम्भीर र जिम्मेवार बन्न सबैलाई आग्रह गर्नुभएको छ ।

    नयाँ वर्ष २०७८ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले राजनीतिक स्थायित्व नै देशको आवश्यकता भएको बताउनुभएको हो ।

    ठूलो सङ्घर्षबाट प्राप्त ऐतिहासिक उपलब्धिलाई सुशासन र समृद्धिमार्फत सुदृढ बनाउन नयाँ वर्षले सबैमा प्रेरणा दिने विश्वास व्यक्त गर्दै उहाँले राष्ट्रिय स्वाधीनताको रक्षा गर्न सबैले दृढ सङ्कल्प गर्नुपर्ने शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । प्रदेश प्रमुख शेरचनले विश्वव्यापी कोरोना महामारीपछि सामान्य जीवनमा फर्किएर आफ्ना नियमित क्रियाकलाप अघि बढाइरहँदा फेरि कोरोना जोखिम बढेको उल्लेख गर्दै सचेत र सतर्क रहन सबैमा आग्रह समेत गर्नुभएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार