Nepal Face
  • आइतबार, १० साउन २०८३
  • महाधिवेशन पनि गर्छौ र सरकारमा पनि सामेल हुन्छौं : प्रकाशमान सिंह


    मंगलबार, चैत्र ३१ २०७७
    980
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • चितवन । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले अहिलेको राजनीतिक अवस्थाबाट मुलुकलाई निकास दिन कांग्रेस नेतृत्वको सरकार जरुरी भइसकेको बताएका छन् ।

    आज  चितवन पुगेका नेता सिंहले सञ्चारकर्मीसँग  कुराकानी गर्दै वर्तमान सरकारले मुलुकलाई अस्थिरतातर्फ लगेको र नैतिकता गुमाएकाले मुलुकलाई विधिसम्वत तरिकाले निकास दिनु पर्ने बताएका छन् ।

    उनले भने ‘जनताले कांग्रेसलाई प्रतिपक्षमा बस्न भनेको तर देशको अवस्थालाई हेरेर, अस्थिर राजनीतिलाई स्थिर बनाउन र बाँकी समयमा विकास निमार्णका काम गरी निवार्चन गराउन कांग्रेसको नेतृत्वको सरकार आवश्यक छ ।’

    नेपाली कांग्रेसले पाएको जिम्मेवारी सधैं पूरा गरेको र अहिले पनि पूरा गर्ने बताए । मुलुकलाई दुर्घटनाबाट बचाउन ओली सरकारलई हटाउन कांग्रेस आफैं अग्रसर भएको उनको भनाइ छ ।

    कांग्रेसका लागि महाधिवेशन कि सरकारको नेतृत्व महत्वपूर्ण रु भन्ने पत्रकारको प्रश्नमा नेता सिंहले भने, ‘हाम्रो लागि देश र जनता महत्वपूर्ण हुन् । अहिलेको अवस्थाबाट निकास दिलाउन हामी सरकारमा पनि जान्छौं । महाधिवेशन पनि गर्छौं ।’ कांग्रेसको आगामी महाधिवेशन तोकिएकै समयमा सम्पन्न हुने उनको भनाइ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार