Nepal Face
  • आइतबार, १० साउन २०८३
  • रुपन्देहीमा खनाल–माधवकाे समानान्तर कमिटी


    मंगलबार, चैत्र ३१ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • बुटवल । झलनाथ खनाल–माधव नेपाल पक्षले रुपन्देहीमा राजु गुरुङको अध्यक्षतामा २ सय ५ सदस्यीय समानान्तर कमिटी घोषणा गरेको छ । 

    नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवाली र उपमहासचिव घनश्याम भुसालको उपस्थितिमा आज जिल्ला कमिटी घोषणा भएको हो ।

    जिल्ला विस्तारित बैठकपछि भएको सो कमिटीको उपाध्यक्षमा पुरुषोत्तम घिमिरे, सचिवमा जागेश्वरीदेवी चौधरी र उपसचिवमा सिद्धिचरण भट्टराईलाई जिम्मेवारी तोकिएको छ । 

    यसअघि खनाल नेपाल पक्षले लुम्बिनी प्रदेशका ४ जिल्लाहरुमा  समानान्तर कमिटी घोषण गरेको थियो ।   ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार