सुनसरी । बस पर्खेर बसेका एक वृद्धलाई टिपरले किचेर मारेको छ।
कोशी राजमार्ग अन्तर्गत इटहरी-१ आँपगाछीमा बस कुरेर सडकमा उभिइरहेका ८२ वर्षीय कर्णबहादुर गुरूङलाई टिपरले किचेर मारेको हो।
प्रदेश १-०२-००१ ख ८६६५ नम्बरको टिपरले गुरुङलाई ठक्कर दिएकाे थियाे । ठक्करबाट सामान्य घाइते भएका गुरुङ उठ्दै गर्दा टिपर ब्याक गरेर मारेको प्रहरीले जनाएको छ।
सुनसरी प्रहरीका अनुसार आइतबार अपराह्न ब्याक गरेर किचेपछि गुरूङको घटनास्थलमै मृत्यु भएको हाे ।
टिपरले ब्याक गरि किचेर मारेको भन्दै स्थानीय आन्दोलनमा निस्किएका छन्। सोमबार उनीहरूले राजमार्ग नै अवरुद्ध पारेका थिए। चालकको दोष पहिचान गरेर उनीमाथि अधिकतम् कारबाही गर्ने बचन दिएपछि स्थानीय शान्त भएका छन्।
‘अहिले क्षतिपूर्ति तथा दोषीलाई कारबाहीको सन्दर्भमा पीडित पक्षसँग छलफल भइरहेको स्राेतले बताएकाे छ ।
टिपर र चालक प्रहरीको नियन्त्रणमा छन्।