Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • ट्राफिक नियम उल्लंघन गरेको आरोपमा युवक मारिएपछि अमेरिका तनाव ग्रस्त, दुई शहरमा कर्फ्यु


    मंगलबार, चैत्र ३१ २०७७
    1.6K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । अमेरिकामा ट्राफिक नियम उल्लंघन गरेको आरोपमा एक अश्वेत युवक मारिएपछि तनाव उत्पन्न भएको छ । तनावकै कारण अमेरिकाका दुई शहर मिनियापलिस र सेन्ट पलमा रात्रिकालीन कर्फ्यु लगाइएको छ ।

    गत आइतबार मिनसोटाको ब्रुकलिन सेन्टरमा २० वर्षीय युवक दन्ते राइटलाई प्रहरीले ट्राफिक नियम उल्लंघनको आरोपमा कारबाट बाहिर निकालेर हतकडी लगाउन खोजेको थियो । त्यसक्रममा घम्साघम्सी हुँदा प्रहरीको गोली लागेर ती युवकको मृत्यु भएको थियो । घटनामा परी गाडीमा रहेकी राइटकी प्रेमिका पनि घाइते भएकी छन्।

    घटनाको विरोधमा स्थानीयले प्रहरी प्रशासनविरुद्ध प्रदर्शन गर्दै आएका छन् । स्थिति नियन्त्रणमा लिन मिनियापलिस र सेन्ट पल शहरका मेयरहरुले आपतकाल घोषणा गर्दै रातिको समयमा कर्फ्यु जारी गरेका छन् ।

    स्थानीय प्रहरी अधिकारीले आफूहरुबाट गल्ती भएको बताए पनि प्रदर्शन रोकिएको छैन ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार