Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तत्काल लकडाउन नगर्ने मन्त्रिपरिषद्को निर्णय


    मंगलबार, चैत्र ३१ २०७७
    800
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्रीनिवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले तत्काल लकडाउन नगर्ने निर्णय लिएको छ । 

    क्याबिनेटले सीसीएमसीको सिफारिसमाथि छलफल गर्दै तत्काल लकडाउन नगर्ने र शैक्षिक संस्थाहरु पनि सुचारु राख्ने निर्णय गरेको छ । तर, विद्यालयमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु अवलम्बन गर्न भनिएको छ ।

    बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संक्रमण फैलन नदिन कोरोनाको बढ्दो जोखिमबारे सजग हुन र रोकथामका उपायहरु अवलम्बन गर्न मन्त्रीहरुलाई निर्देशन दिएका थिएका छन् ।

    बालबालिकाहरुमा संक्रमण देखिन थालेको र ११ वर्ष मुनिका बालबालिकाका लागि खोपको प्रबन्धसमेत नभएकाले सतर्क हुनुपर्ने देखिएकाे छ ।

    कुनै शैक्षिक संस्था बन्द गर्नुपर्ने अवस्था आएका जिल्लास्तरीय डीसीएमसीले नै स्थानीय तहको जोखिमको अवस्था हेरेर विशिष्टरुपमा निर्णय लिन सक्ने गरी अधिकार प्रत्यायोजन गरिएको स्रोतले बतायो ।

    त्यसैगरी भारतीय सीमाबाट संक्रमण भित्रन सक्ने जोखिम बढेकाले नाकाहरुमा होल्डिङ सेन्टरहरु बनाउन मन्त्रिपरिषद्ले गृहमन्त्रालयलाई निर्देशन दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार