Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरे: नेता नेपाल


    सोमबार, चैत्र ३० २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुर । नेकपा (एमाले) का नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले ओलीलाई पार्टी एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाएका छन् ।

    अखिल नेपाल महिला सङ्घ प्रदेश नं २ द्वारा सोमबार जनकपुरधाममा आयोजित प्रदेशस्तरीय भेलामा नेता नेपालले पार्टीमा आलोचना र सुझाव दिनेलाई शत्रुवत् व्यवहार गरेकाे भन्दै ओलीले पार्टीलाई एकपक्षीय रुपमा सञ्चालन गरेको आरोप लगाए हुन्।

    ‘पार्टीभित्र आलोचना सुन्ने र सुझावलाई अङ्गीकार गरी गल्ती स्वीकार गरेर अघि बढ्नु पर्नेमा पार्टीमा भेदभाव बढ्दै गएको भन्दै उनले चिन्ता व्यक्त गरे ।

    देशमा सबैभन्दा राम्रो पार्टी कम्युनिष्ट पार्टी भए पनि पछिल्लो समय पार्टीमा सङ्कट बढ्दै गएको उनको भनाइ थियो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार