Nepal Face
  • सोमबार, २४ कार्तिक २०८३
  • एमसीसीलाई संसदको बिजनेस बनाउन खगराजकाे माग


    सोमबार, चैत्र ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । नेकपा एमालेका सांसद खगराज अधिकारीले अमेरिकी सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई संसदको बिजनेस माग गरेका छन् ।

    सोमबार प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अधिकारीले एमसीसीसम्बन्धी प्रस्ताव संघीय संसदमै रहेकाले सभामुखले बैठकमा पेश गर्नुपर्ने बताएका हुन् । 

    ‘एमसीसी कांग्रेस र माओवादीको संयुक्त सरकार हुँदा सम्झौता गरियो । आज त्यो थान्को लागेर सभामुख महोदय तपाईं समक्ष छ’ अधिकारीले भने, ‘…यो संसदमा तीन-चार वर्ष कति वर्षसम्म लड्काउने हो ? एमसीसी तुरुन्त बहसको विषय बनाइयोस् र संसदको विजनेस बनाइयोस्, संसदको विषय बनाइयोस् भन्ने जोडदार माग राख्न चाहन्छु ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार