Nepal Face
  • आइतबार, ३० कार्तिक २०८३
  • एमालेमा प्रवेश गरेका चार सांसदलाई माओवादी केन्द्रद्धारा कारबाही


    सोमबार, चैत्र ३० २०७७
    955
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ ।

    दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन सभामुखलाई सिफारिस गरेको स्राेतले बताएकाे छ ।

    माओवादी केन्द्रले प्रदेश सभा सदस्यहरू रामचन्द्र मण्डल, कुन्दनप्रसाद कुशहवा, ज्वाला साह र मोहम्मद समिरलाई  ओली नेतृत्वको नेकपा एमालेमा प्रवेश गरेपछि कारबाहीस्वरूप पदमुक्त गर्न सिफारिस गरेको स्राेतले बताएकाे हाे ।

    यी चार जना नेकपा एमालेमा लागेपछि पार्टी केन्द्रीय समितिले स्पष्टिकरण सोधेको थियो। २४ घन्टाभित्र स्पष्टिकरण दिन भनिए पनि नदिएपछि उनीहरूलाई पदमुक्त गरिएको हाे ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार