Nepal Face
  • आइतबार, १० साउन २०८३
  • करेन्ट लागेर दम्पतीको मृत्यु


    सोमबार, चैत्र ३० २०७७
    1.7K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हेटौंडा । मकवानपुरमा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ।

    सोमबार बिहान ९ बजे हेटौंडा उपमहानगरपालिका-९ शान्तिचोक बस्ने दम्पतीको करेन्ट लागेर मृत्यु भएको स्राेतले बताएकाे छ ।

    मृत्यु हुनेमा श्रीमान ३५ वर्षीय समिर पाख्रिन र श्रीमती ३० वर्षीया अंशु पाख्रिन छन्।

    घरमा भएको मिटर बस्कबाट तार लत्रियो भनेर फलामको डन्डीले श्रीमान-श्रीमती मिलेर उठाउन खोज्दा त्यहीक्रममा करेन्ट लागेर दुबै जना त्यहीँ बेहोस भएका थिए । त्यसपछि पाख्रिन दम्पतीलाई हेटौंडा अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुगेपछि उनीहरूलाई अस्पतालले सवा नौ बजे मृत घोषित गरेको थियो।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार