Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रदेश १ मा लोक सेवाले इन्जिनियरिङ सेवाको विज्ञापन खुलायाे


    सोमबार, चैत्र ३० २०७७
    1.5K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  •  काठमाडौं । प्रदेश १ लोक सेवा आयोगले प्राविधिक पदमा कर्मचारी भर्नाको विज्ञापन खुलाएको छ ।

    सिभिल इन्जिनियर तह ४ र तह ५ मा विज्ञापन खुलाइएको हो । ८२ जनाका लागि खुलाइएको यो विज्ञापन स्थानीय तहका लागि हो ।

    परीक्षाबाट छनोट भएकाहरुलाई रोजाइ प्राथमिकताक्रमअनुसार स्थानीय तह तोकेर सिफारिस गरिने प्रदेश १ लोक सेवा आयोगले जनाएको छ । यसरी सिफारिस भएका उम्मेदवारहरुलाई सम्वन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिने छन् । उनीहरुको सेवाका सर्त र तलब तथा अन्य सुविधान प्रचलित कानून बमोजिम हुने छ ।

    दरखास्त दिने म्याद २०७८ बैशाख १९ गतेसम्म छ । त्यसपछि दोब्बर दस्तुर बुझाएर बैशाख २६ गतेसम्म आवेदन फारम भर्न सकिने छ ।

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार