Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध


    सोमबार, चैत्र ३० २०७७
    2.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । जनमत पार्टीको अध्यक्षमा सिके राउत निर्विरोध चयन भएका छन्। 

    शनिबार सुरू भएको महाधिवेशनमा अध्यक्ष र महासचिवबाहेक अरू पदमा निर्वाचन भएको थियो। निर्वाचनको मतपरिणाम सोमबार बिहान आएको छ।

    पहिलोपटक भएको महाधिवेशनबाट उपाध्यक्षमा अब्दुल खान र बसन्त कुसहवा विजयी भएका छन्। महासचिवमा चन्दन सिंह निर्विरोध चयन भएका छन्।

    स्राेतका अनुसार केन्द्रीय कार्यसमिति अहिलेका लागि २५ सदस्यीय हो। २३ जना सदस्यका लागि निर्वाचन भएको थियो। जसमा ८ जना महिलाले अटाएका छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार