काठमाडौं । शिक्षा मन्त्रालयले सोमबार आयोजना गरेको छलफलमा सहभागीहरुले विद्यालय खोल्ने कि बन्द गर्ने भन्ने निर्णय केन्द्र सरकारले नगरि स्थानीय सरकारले गर्नु पर्ने बताएका छन् ।
सरोकारवालाहरुले एक ठाउँमा प्रभाव पर्यो भनेर सबै ठाउँमा विद्यालय बन्द गर्न नहुने बताउदै कुन ठाउँमा प्रभाव परेको छ, त्यहीअनुसार क्षेत्रगत रुपमा निर्णय लिनुपर्ने भएकाले विद्यालय सम्बन्धी सबै अधिकार स्थानीय सरकारलाई जिम्मा दिनुपर्ने बताएका छन्।
कतिपयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन र वैकल्पिक सिकाइको सुनिश्चितता गर्न पनि सुझाएका छन् ।
विद्यालय बन्द गर्ने कि नगर्ने भन्ने विषयमा संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय हुनुपर्ने अत्यन्त आवश्यक देखिन्छ ।