काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल )को गएराती सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदराबादलाई १० रनले पराजित गरेको छ ।
चेन्नाईमा सम्पन्न खेलमा कोलकत्ताले दिएको १८८ रनको लक्ष्य पछ्याएको हैदराबादले निर्धारित ओभरमा ५ विकेट गुमाएर १७७ रन बनायो ।
हैदराबादका लागि मनीष पाण्डेले सर्वाधिक ६१ तथा जोनी बेयरस्टोले ५५ रन बनाए ।
कोलकत्ताका प्रशिद्द कृष्णले २ विकेट लिए ।
यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको कोलकत्ताले निर्धरित २० ओभरमा ६ विकेट गुमाएर १८७ रन बनाएको थियो ।
त्यसका लागि ओपनर नितिश राणाले उत्कृष्ट ब्याटिङ गरे । उनले ५६ बलमा ९ चौका र ४ छक्का प्रहार गरि ८० रन बनाए । यस्तै राहुल त्रिपाठीले ५३ रन बनाउँदा दिनेश कार्तिकले २२ रन बनाए ।
हैदराबादका राशिद खान र मोहम्मद नाबीले समान २/२ विकेट लिए ।