Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • सरकार बनाउने कुरा सहमतिबाटै  : अध्यक्ष प्रचण्ड


    सोमबार, चैत्र ३० २०७७
    1.2K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • चितवन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कसको नेतृत्वमा सरकार बनाउने भन्ने कुरा सहमतिबाट हुने बताएका छन्  ।

    आफ्नो निर्वाचन क्षेत्रमा आएका दाहालले  पत्रकारहरुसँग कुराकानी गर्दै सरकारको असंवैधानिक र अलोकतान्त्रिक कदमका विरुद्ध संघर्षमा सडकमा गएका शक्ति मिलेर सरकार बनाउनुपर्ने बताए । 

    संविधान, लोकतन्त्र र जनताको पक्षमा संघर्षरत भएका दल मिलेर सरकार बनाउनु उत्तम हुने भन्दै उनले भने, “जसमा सहमति हुन्छ त्यसले सरकारको नेतृत्व गर्छ ।” प्रचण्डले कम्युनिष्ट एकता सम्भव रहेको बताए ।

    उनले आफूहरु कम्युनिष्ट आन्दोलनको एकताकै पक्षमा रहेको जानकारी दिए । उनले भने,  “कम्युनिष्ट एक भएर लोकतन्त्र र समाजवादका निम्ति काम गर्नुपर्छ ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार