काठमाडौँ। नयाँ सत्तासमीकरणमा निर्णायक मानिएको जनता समाजवादी पार्टी (जसपा)ले आन्तरिक छलफल सुरु गरेको छ । सत्तासमीकरणका विषयमा मतभेद भएपछि संवादहीनताको अवस्थामा पुगेका जसपाका शीर्ष नेता आइतबारदेखि छलफलमा जुटे पनि निष्कर्षमा भने अझै नपुगेको उनीहरूले बताएका छन् ।
लामो समयपछि आइतबार शीर्ष नेताको बैठक बसे पनि सत्तासमीकरणबारे कुनै निर्णय नभएको वरिष्ठ नेता राजेन्द्र महतोले बताए । ‘निर्णय गर्ने कुनै एजेन्डा नै थिएन, केही निर्णय पनि भएन,’ नेता महतोले भने, ‘सत्तासमीकरण हाम्रो प्राथमिकताको विषय नै होइन । त्यसैले छलफल हुन्छ, तर प्राथमिकतामा राखेर निर्णय हुँदैन ।’
तर, महतोले भनेजस्तो जसपाको प्राथमिकतामा सत्तासमीकरणको विषय नपरेको भने होइन । बरु पार्टीभित्रको आन्तरिक मतभेदले ठोस निष्कर्ष निस्कन कठिन भएको हो । पार्टी कार्यालयमा बसेको बैठकमा पनि नेताहरूले आ–आफ्ना धारणाहरू राखे । कांग्रेससँगको वार्तामा जसपाले आन्तरिक छलफल गर्ने बताएको थियो ।
आइतबारको छलफलमा अध्यक्ष महन्थ ठाकुरले आफ्ना मागहरू सम्बोधन गर्ने विषयमा प्रधानमन्त्री केपी ओली सकरात्मक रहेको जानकारी गराएका थिए । ठाकुरले विगतमा आफ्ना माग सम्बोधन गराउन धेरै पटक सम्झौता भएपनि कसैले पूरा नगरेकाले यतिबेला कसैको पनि लहडमा लाग्न नहुने धारणा राखेका थिए ।
‘फगत राजनीतिक सम्झौता मात्रै गरेर अल्झाउने काम भइरहेको छ । यतिबेला हामीले राजनीतिक सहमति गर्दा आफ्ना माग सम्बोधन हुन्छन् कि हुँदैनन् भन्ने विषयलाई प्राथमिकतामा राख्नुपर्छ,’ ठाकुरलाई उद्धृत गर्दै एक नेताले भने । उनले बैठकमा ओलीले केही माग सम्बोधनका लागि कार्यन्वयनमा नै लगिसकेकाले निर्णय गर्दा यसलाई ध्यानमा राख्नुपर्ने र एजेन्डामा सम्झौता गरेर सत्ता समिकरण लाग्न नहुने बताएका थिए ।
तर, अर्का अध्यक्ष उपेन्द्र यादवले भने राजनीतिक मुद्दा सम्बोधन गराउने नाममा ‘प्रतिगामी’ शक्तिसँग सहकार्य गर्न नहुने धारणा राखेका थिए । ‘राजनीतिक मुद्दालाई छोड्ने वा सम्झौता गर्ने भन्ने हुँदैन, तर प्रतिक्रान्तिकारी शक्तिले माग पूरा गरिदिन्छु भन्यो भन्दैमा उसैलाई सहयोग समर्थन गर्ने काम जसपाले गर्नु हुँदैन,’ यादवले भने ।
जसपाभित्र ओलीलाई समर्थन गर्ने वा कांग्रेस र माओवादी केन्द्रसँग समिकरण गर्ने भन्ने विषयमा एक मत हुन सकेको छैन । संघीय परिषद अध्यष बाबुराम भट्टराई र अध्यक्ष यादव प्रधानमन्त्री ओलीलाई प्रतिगमी भन्दै उनको विकल्पमा सरकार बनाउनुपर्ने पक्षमा छन् भने अध्यक्ष ठाकुर र वरिष्ठ नेता महतो माग सम्बोधन गराउने सर्तमा ओलीलाई नै सहयोग गर्न सकिने धारणा राख्दै आएका छन् । नयाँपत्रिका दैनिकबाट
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend