Nepal Face
  • आइतबार, १० साउन २०८३
  • तीन दल मिल्नु र घाम र जुन मिल्नु उस्तै हो : मुख्यमन्त्री गुरुङ


    आइतबार, चैत्र २९ २०७७
    2.6K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कास्की। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र जनता समाजवादी पार्टी (जसपा) मिल्नु भनेको घाम र जुन मिल्नु जस्तै भएको बताएका छन् ।

     

    गत शुक्रबार मुख्यमन्त्री गुरुङले  बेँसीशहर–१ उदिपुरमा आयोजित कार्यक्रममा तीन दलका आ–आफ्ना स्वार्थका कारण मिल्न नसक्ने बताए । 

    वर्तमान सरकारलाई हटाउन सजिलो नभएको भन्दै मुख्यमन्त्री गुरुङले भने, ‘एमालेसँग तीन दलमध्ये जुन मिल्दा पनि बहुमत पुग्छ । उनीहरुको अवस्था सजिलो छैन ।’ उनले गण्डकी प्रदेश सरकार पनि बलियो रहेको बताए ।

    मुख्यमन्त्री गुरुङले २०४७ देखि २०७४ सम्म आइपुग्दा प्राप्त हुन नसकेको महत्वपूर्ण उपलब्धि वर्तमान सरकारले हासिल गरको बताए ।

    मुख्यमन्त्री गुरुङले भने,’समृद्धिका लागि जग बसालेका छौँ, थप नतिजा छिट्टै देखिन्छ ।’ उनले गण्डकी प्रदेश सरकारले सभ्य समाज र समृद्ध प्रदेश बनाउने अभियानका साथ काम गरिरहेको बताए ।

    ग्यासको सट्टामा बिजुलीको चुलो वितरण गर्न लागेको, प्रदेशमा चक्लाबन्दीको अभियान थाल्न लागेको उनको भनाइ छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार