Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नयाँ सरकार गठन बारे छलफल गर्न बसेकाे तीन दलको बैठक विनानिष्कर्ष सकियो


    शुक्रबार, चैत्र २७ २०७७
    2K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नयाँ सत्ता समीकरणका लागि काँग्रेस सभापति शेरबहादुर देउवाले बोलाएको तीन दलको बैठक विनानिष्कर्ष सकिएको छ।

    शुक्रबार अपरान्ह करिब आधा घण्टा देउवा निवास बुढानिलकण्ठमा नेकपा माओवादी केन्द्र र जसपाका शीर्ष नेता सहभागी बैठकमा जसपाका नेताहरूले पार्टीमा छलफल गर्न समय मागेपछि बैठक विनानिष्कर्ष सकिएको हाे 

    कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउने औपचारिक रूपमा आज पहिलो पटक बसेकाे बैठक विनानिष्कर्ष सकिए पनि अब अर्को बैठक छिट्टै बस्ने सहमतिपूर्वक टुंगिएको हाे ।

    जसपाले निर्णय गरेपछि नयाँ गठबन्धनबारे प्रक्रिया सुरू हुने स्रोतले बताएको छ ।’

    बैठकका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता नारायणकाजी श्रेष्ठ, देव गुरूङ पुगेका छन्। जसपाबाट अध्यक्षहरू बाबुराम भट्टराई, महन्थ ठाकुर, उपेन्द्र यादव, नेताहरू राजेन्द्र महतो, अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । भने कांग्रेसबाट वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिहरू विमलेन्द्र निधि र विजयकुमार गच्छदार, महामन्त्रीद्वय शशांक कोइराला र पूर्णबहादुर खड्का, सहमहामन्त्री प्रकाशशरण महत, पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला र प्रवक्ता विश्वप्रकाश शर्मा सहभागी थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार