Nepal Face
  • मंगलबार, २३ भाद्र २०८३
  • ब्राजिलमा बाढी र डुबान, २३ को मृत्यु, ५ हजार बिस्थापित


    मंगलबार, चैत्र १३ २०८०
    1.9K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रियो दि जिनरियो  । दक्षिणपूर्वी ब्राजिलमा शुक्रबारदेखि परेको भारी वर्षाका कारण कम्तिमा २३ जनाको मृत्यु भएको छ ।

     

    ब्राजिलका समाचार संस्थाका अनुसार सो बाढी र डुबानका कारणा ५ हजार भन्दा बढी मानिस आफ्नो घरबाट विस्थापित भएका छन् ।

     

    एस्पिरिटो सान्तो र रियो दि जेनेरियो राज्यहरू भारी वर्षाबाट सबैभन्दा बढी प्रभावित भएका थिए । समाचार जहाँ क्रमशः १५ र आठ जनाको मृत्यु भएको थियो।

     

    अविरल वर्षाका कारण बाढी र पहिरोका कारण राज्यका ५ हजारभन्दा बढी मानिसले घर छाड्नु परे पछि अस्थायी क्याम्पमा राखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार