काठमाडौं । संसारमा विभिन्न प्रकारका ठाउँहरू छन् र तिनीहरूको पनि आ आफ्नै रीतिरिवाजहरू रहेका छन्। विशेष गरी जब हामी सांस्कृतिक चलनहरूको बारेमा कुरा गर्छौं, धेरै पटक हामीले केही यस्ता कुरा सुन्छौं, जो सुनेर हामी छक्क पर्छौं ।
यो वैज्ञानिक रूपमा प्रमाणित भएको छ कि यदि आमाबाबु नजिकका आफन्तहरू छन् भने बच्चाहरु केहि आनुवंशिक विकारहरुसँग जन्मन सक्छ। तर, ब्राजिलको एउटा यस्तो गाउँ छ, जहाँ ३० प्रतिशत दाजुभाइहरू आफ्नै दिदी बहिनीसँग एकअर्कासँग सम्बन्ध राख्छन । जसका कारण अहिले उनीहरूमा समस्या देखा परेको छ ।
ब्राजिलको सेरिन्हा डोस पिन्टोस नामक गाउँमा एउटा अनौठो रोग फैलिए पछि यो कुरा बाहिर आएको थियो, जसका कारण बालबालिका आफ्नो खुट्टाबाट हिड्न असमर्थ भएका थिए । जब जीवविज्ञानी सिल्भाना सान्तोसले गाउँको भ्रमण गरिन, उनी सत्य थाहा पाएर छक्क परिन्। यो पहाडी गाउँमा मान्छे उस्तै रहेका थिए । खासमा कोही कतै बाहिरको समुदायसँग बिहेवारी नगरी एक आपसमा बिहे गरिरहेको थिए, त्यो देखेर उनी छक्क परिन्।
सिल्भाना सान्तोसले २० वर्षअघि यस गाउँको भ्रमण गरेकी थिइन्, जुन ब्राजिलको उत्तरी पहाडहरूमा बसोबास गर्ने एकान्त समुदाय हो। यो गाउँमा ५ हजारभन्दा कम मानिस बसोबास गर्छन् र लामो समयदेखि यहाँ रहस्यमय रोग व्याप्त रहेको थियो । धेरै बालबालिकाहरू हिड्ने क्षमता गुमाउँदै थिए तर परिवारहरूले त्यसको कारणबारे भने थाहा पाउन सकिरहेका थिएनन्।
बीबीसीका अनुसार यी बच्चाहरूमा स्पोन सिन्ड्रोम भएको थियो, जुन आमाबाबु दुवैमा उत्परिवर्तित जीन हुँदा हुन्छ। सिल्भानाले यस गाउँलाई एउटा फरक संसार भनेकी छन्, जुन निकै सुन्दर र विस्तारित परिवार जस्तै रहेको छ।
सिल्भानाका अनुसार गाउँ एकदमै एकान्त र विकट भएकाले यहाँ बाहिरी मानिसको प्रवेश न्यून नै रहेको छ । यही कारणले गर्दा यस गाउँमा दाजुभाइसँग दिदी बहिनीहरूको बीचमा विवाह हुने चलन छ । यद्यपि ब्राजिलका धेरै जनजातिहरूमा यस्तो छ तर अन्य ठाउँको तुलनामा यहाँ धेरै नै त्यस्तो अवस्था देखिएको थियो। सिल्भानाले साओ पाउलोदेखि सरिन्हासम्म २ हजार किलोमिटर यात्रा गरी त्यस्तो मानिसहरूसँग कुरा गर्दै समय बिताएकी थिइन र उनीहरूलाई यो अनौठों रोग लागेको थियो। अध्ययनले एक तिहाइ परिवारका बालबालिका स्पान सिन्ड्रोमबाट पीडित रहेको खुलासा भएको छ ।
सिल्भानाको प्रयासले यो रोगलाई पहिलो पटक विश्वव्यापी रूपमा मान्यता दिएको हो । यद्यपि स्पोन सिन्ड्रोमको लागि कुनै उपचार छैन तर सिल्भानाको प्रयासले यो अवस्थाको रोगका बारेमा मानिसहरूको धारणा परिवर्तन भने अहिले गरेको छ। यसलाई ‘स्पास्टिक प्याराप्लेजिया’ पनि भनिन्छ।
जुन एक दुर्लभ न्यूरोडिजेनेरेटिव डिसअर्डर हो, जुन आनुवंशिक उत्परिवर्तनको कारणले हुन्छ। यसको लक्षण किशोरावस्था अघि देखिन सुरु हुन्छ र समयसँगै बढ्दै जान्छ। यसको कुनै उपचार छैन र यसलाई जनचेतनाले मात्र व्यवस्थापन गर्न सकिन्छ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend