Nepal Face
  • बिहिबार, २२ असोज २०८३
  • विद्या भण्डारीले लिइन् एमाले वरिष्ठ नेताको शपथ


    बिहिबार, असोज २२ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा ९एमाले०को वरिष्ठ नेताको शपथ लिएकी छन्।

    बिहीबार एमाले स्थायी कमिटी बैठकमा वरिष्ठ नेता भण्डारीलाई अध्यक्ष केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ खुवाएका हुन्। एमाले केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता मनोनीत गरेको थियो।

    एमालेको पहिलो स्थायी कमिटी बैठक च्यासलस्थित केन्द्रीय कार्यालयमा जारी रहेको छ। केन्द्रीय कमिटीको तेस्रो बैठकले सचिवालयलाई प्रत्यायोजन गरेका एजेन्डामाथि स्थायी कमिटी बैठकमा छलफल गरी आवश्यक निर्णय गर्ने कार्यसूची रहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार