Nepal Face
  • बिहिबार, २२ असोज २०८३
  • केन्द्रीय समिति बैठकमा उपेन्द्र यादवको ३९ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत(पुर्णपाठ)


    बिहिबार, असोज २२ २०८३
    170
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । जनता समाजवादी पार्टी ९जसपा० नेपालका अध्यक्ष उपेन्द्र यादवले राजनीतिक विचार, सिद्धान्त र मुद्दाभन्दा सत्ता प्राप्तिलाई प्राथमिकता दिँदै गरिएका गठबन्धनका कारण राजनीतिक दलप्रति जनताको विश्वास कमजोर बन्दै गएको बताएका छन्।

    पार्टीको जारी केन्द्रीय समिति बैठकमा ३९ पृष्ठको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै यादवले वैचारिक तथा नीतिगत असङ्गति भएका दलहरूबीच सत्ता प्राप्तिका लागि हुने अल्पकालीन गठबन्धनले जनतामा असन्तुष्टि र अविश्वास बढाएको निष्कर्ष निकालेका हुन्।

    उनले भ्रष्टाचार, आर्थिक अनियमितता, विकास आयोजनामा कमिसनको चलखेल र सत्ता केन्द्रित राजनीतिक गतिविधिसम्बन्धी आरोपले समेत राजनीतिक दलहरूको विश्वसनीयतामाथि प्रश्न उठाएको उल्लेख गरेका छन्।

    प्रतिवेदनमा सत्तालाई राजनीतिको अन्तिम उद्देश्य बनाउने प्रवृत्ति त्यागेर परिवर्तन र जनसेवाको माध्यमका रूपमा उपयोग गर्नुपर्नेमा जोड दिइएको छ।

    यादवले फरक विचार, सिद्धान्त र राजनीतिक एजेन्डा भएका दलहरूसँग सत्ता प्राप्तिकै उद्देश्यले अस्वाभाविक गठबन्धन गर्नुभन्दा आफ्नै नीति, सिद्धान्त र कार्यक्रमका आधारमा जनतामाझ जानुपर्ने धारणा अघि सारेका छन्।

    राजनीतिक दलहरूले सत्ता प्राप्तिभन्दा जनताको आवश्यकता, सार्वजनिक उत्तरदायित्व र नीतिगत प्रतिबद्धतालाई प्राथमिकता दिनुपर्ने उनको प्रतिवेदनको निष्कर्ष छ।

    https://drive.google.com/file/d/13JU1KBzSnO4q0j9tmZ5dzQ9XZ9xYVRdN/view?usp=drivesdk

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार