Nepal Face
  • बिहिबार, २२ असोज २०८३
  • ११ वर्षपछि एमाले बैठकमा वरिष्ठ नेताका रूपमा सहभागी हुँदै विद्यादेवी भण्डारी 


    बिहिबार, असोज २२ २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। नेकपा एमालेको स्थायी कमिटी बैठक आज (बिहीबार) बस्दै छ।

    बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने एमाले प्रचार विभाग प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।

    जुन बैठकमा ११ वर्षपछि एमालेको वरिष्ठ नेताका रूपमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुँदै छिन्।

    यही असोज ५ देखि ८ गतेसम्म ललितपुरको भनिमण्डलमा बसेको एमालेको केन्द्रीय कमिटी बैठकले भण्डारीलाई वरिष्ठ नेता बनाउने निर्णय गरेको हो। उनलाई ‘दोस्रो वरीयता’दिइएको छ।

    एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रस्तावमा पूर्वराष्ट्रपति भण्डारी पार्टीको वरिष्ठ नेता मनोनयन भएकी हुन्। यसअघि २०८२ साउनमा बसेको केन्द्रीय कमिटी बैठकमा भने ओलीकै प्रस्तावमा भण्डारीको पार्टी सदस्यता खारेज गरिएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार