Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • कांग्रेसको महामन्त्रीमा नैनसिंह महरले दिए उम्मेदवारी


    मंगलबार, असोज २० २०८३
    145
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ। नेपाली कांग्रेसको महामन्त्रीमा नैनसिंह महरले उम्मेदवारी दिएका छन्।

    कांग्रेसको १५औं महाधिवेशनअन्तर्गत मंगलबार महरले खुलातर्फ महामन्त्रीमा उम्मेदवारी दिएका हुन्। उनी यसअघि कांग्रेसको केन्द्रीय सदस्य थिए।

    महरले करिब तीन वर्षअघिदेखि नै महामन्त्रीमा उम्मेदवारी दिने तयारी गर्दै आएको बताए। उनले आफू कुनै समूहको आग्रहमा नभई आफ्नै निर्णय र राजनीतिक योजनाअनुसार उम्मेदवार बनेको बताएका छन्।

    कांग्रेसभित्र विभाजित रहेका विभिन्न धारलाई एक ठाउँमा ल्याएर पार्टीलाई बलियो बनाउने आफ्नो मुख्य उद्देश्य रहेको उनको भनाइ छ।

    कांग्रेसको केन्द्रीय कार्यसमितिका लागि मंगलबार दिउँसो साढे १२ बजेदेखि अपराह्न ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ।

    महाधिवेशनमा सात हजार ११४ प्रतिनिधिले नयाँ नेतृत्व चयन गर्नेछन्। कांग्रेस केन्द्रीय निर्वाचन समितिले राष्ट्रिय सभागृहमा निर्वाचन कार्यालय स्थापना गरी उम्मेदवारी फारम वितरण तथा उम्मेदवारी दर्ताको प्रक्रिया अघि बढाएको छ।

    नयाँ कार्यसमितिका विभिन्न पदमा उम्मेदवारी दर्ता गराउने क्रम जारी रहेकाले राष्ट्रिय सभागृहमा उम्मेदवार तथा महाधिवेशन प्रतिनिधिहरूको चहलपहल बढेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार