Nepal Face
  • मंगलबार, २० असोज २०८३
  • कांग्रेस महाधिवेशनमा मत माग्न रोबोटको प्रयोग 


    मंगलबार, असोज २० २०८३
    160
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । काठमाडौंमा जारी नेपाली कांग्रेसको १५औं महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका नवराज त्रिपाठीले मत माग्नका लागि रोबोटको प्रयोग गरेका छन् ।

    नेविसंघबाट पार्टी राजनीतिमा सक्रिय रहँदै आएका त्रिपाठीले टेक्नोलोजीको प्रयोग गरेर चुनावी अभियान चलाएका हुन् । इन्जिनियर समेत रहेका त्रिपाठीले मंगलबार बिहान प्रदर्शनीमार्ग क्षेत्रमा रोबोटको प्रयोग गरेका थिए ।

    उनले कांग्रेसको प्राकृतिक स्रोत विभाग सदस्य सचिव र निर्वाचन ब्युरो सदस्यका रूपमा पनि काम गरेका थिए । सभापति गगन थापा निकट रहेर काम गर्दै आइरहेका उनी सामाजिक अभियानमा पनि सक्रिय छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार