Nepal Face
  • मंगलबार, १३ असोज २०८३
  • काठमाडौं-४ बाट गगन थापा र ५ बाट प्रदिप पौडेल सर्वसम्मत महाधिवेशन प्रतिनिधि चयन


    मंगलबार, असोज १३ २०८३
    175
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौं क्षेत्र नम्बर ४ बाट महाधिवेशन प्रतिनिधि चयन भएका छन् । थापा १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका हुन् ।

    यस्तै, उपसभापति विश्वप्रकाश शर्मा झापा- १ मा मतदानमार्फत निर्वाचित भएका छन् । शर्माले ६३८ मत पाएर महाधिवेशन प्रतिनिधि चुनिएका हुन् । झापा- १ मा महाधिवेशन प्रतिनिधिको मतदानमा ७१० मतदाता थिए।

    त्यसैगरी महामन्त्री प्रदीप पौडेल काठमाडौं-५ बाट प्रतिनिधि चयन भएका छन्। उनी १५औं महाधिवेशनका लागि सर्वसम्मत प्रतिनिधि चयन भएका छन्

    कांग्रेसको महाधिवेशन यही असोज १६ गतेका लागि तय भएको थियो तर बाढीपहिरोका कारण केही दिन पछि सार्ने तयारी गरिएको छ ।

    संस्थापनइतरको शेरबहादुर देउवा समूहले पनि मंसिरमा छुट्टै महाधिवेशन गर्ने तयारी थालेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार