काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको पूर्वाधार विकास समितिले चाडपर्व लक्षित यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन सरकारलाई निर्देशन दिएको छ ।
सिंहदरबारमा सोमबार बसेको समिति बैठकले दशैं,तिहार,छठ लगायतका चाडपर्वमा यात्रुको चाप अनुसार पर्याप्त सवारी साधन व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको हो ।
निर्धारित बसपार्कबाट मात्र सवारी सञ्चालन गर्ने,तोकिएको स्थानबाट टिकट बिक्री गर्ने तथा सुरक्षित स्थानमा मात्र यात्रु चढाउने र ओराल्ने व्यवस्था मिलाउन निर्देशन दिइएको समिति सभापति आशिष गजुरेलले जानकारी दिए।
बैठकले अपाङ्गता भएका व्यक्ति,ज्येष्ठ नागरिक, महिला तथा बालबालिका–मैत्री सेवा,यात्रु सहायता कक्ष तथा आवश्यक सहजीकरणको व्यवस्था मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ भने सडकको अवस्था र सम्भावित जोखिमको पूर्वमूल्याङ्कन गर्ने,वैकल्पिक मार्गको तयारी राख्ने,सवारी साधनको प्राविधिक परीक्षण गर्ने,चालकको पर्याप्त विश्राम तथा गति नियन्त्रण सुनिश्चित गर्ने व्यवस्था गर्न समेत निर्देशन दिइएको सभापति गजुरेलले बताए।
यात्रुले टिकट नपाउने,तोकिएभन्दा बढी भाडा तिर्नुपर्ने,अनियमितता वा ठगी व्यहोर्नुपर्ने अवस्था आउन नदिन सहज टिकट उपलब्धता,भाडादरको प्रभावकारी कार्यान्वयन र बलियो गुनासो सुनुवाइ व्यवस्थासहितको कार्ययोजना तत्काल तयार गरी लागू गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन दिएको उनले जानकारी दिए।
बैठकमा पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देलले बीपी राजमार्गलाई १० दिनभित्र वैकल्पिक ट्रयाक खोलेर वा अन्य विधिबाट सुचारु गरिने स्पष्ट पारे । चाडपर्वका लागि गाडीको प्रि–बुकिङ,अनलाइन बुकिङ तथा नियमित अनुगमनको व्यवस्था मिलाइने उनले जानकारी दिए।
बैठकमा समिति सदस्यहरूले चाडपर्वका समयमा देखिएका समस्यामा यातायात व्यवस्थापनलाई समाधानका लागि गम्भीर हुन ध्यानाकर्षण गराएका थिए ।
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो।...
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणलाई लिएर बालेन शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् । संसद्...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएकोप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारणबिना...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५औं महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औं केन्द्रीय महाधिवेशन तयारी...
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend