धनकुटा । धनकुटा नगरपालिका–१, स्थित हिलेबाट श्रम संस्कृति पार्टीका नगर सचिव तथा नेपाल मगर संघ जिल्ला अध्यक्ष तेजबहादुर मगरसहित आठ जना जुवााडेहरुलाई प्रहरीले नगदसहित पक्राउ गरेको छ ।
आइतबार राति तासको खालबाट नगद, तास र गोटीसहित पक्राउ गरिएको हो । पक्राउ पर्नेमा धनकुटा नगरपालिका–१, घर भएका ४४ बर्षीय तेजबहादुर मगर रहेका छन् ।
यस्तै सोही ठाउँ बस्ने अन्दाजी ५२ बर्षीय मोहनबहादुर बिक, ४५ बर्षीय रमेश राई, ३८ वर्षीय सविन तामाङ, ५३ बर्षीय रमेश भण्डारी, ३२ बर्षीय दीपेन्द्र मगर, ५० बर्षीय रमेश कार्की र महालक्ष्मी नगरपालिका–८ बस्ने ३६ बर्षीय रामकाजी विक रहेका छन् ।
तासको खालबाट उनीहरुलाई १ लाख १४ हजार ५५० रुपैयाँ नगद, ४ बुङ तास र १ सय १९ थान गोटीसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता डीएसपी हेमन्त भण्डारी क्षेत्रीले जानकारी दिए ।
५, २०, ५० र ५ सय अंक लेखिएका गोटीसमेत बरामद भएको थियो । हिलेस्थित एक घरको अन्डरग्राउण्ड कोठामा भित्र तास खेलिरहेको विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी निरीक्षक रामप्रसाद खनालको कमाण्डमा खटिएको प्रहरी उनीहरुलाई नियन्त्रण लिएको प्रहरीले जनाएको छ । नियन्त्रणमा लिइएकाहरुलाई जिल्ला प्रहरी कार्यालय धनकुटामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई तीन दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ। सोमबार साइबर ब्युरोले म्याद थपका लागि जिल्ला अदालत, काठमाडौंमा उपस्थित गराएको थियो।...
काठमाडौं । राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणलाई लिएर बालेन शाह नेतृत्वको सरकारको आलोचना गरेका छन् । संसद्...
काठमाडौं । पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणालाई पक्राउ गरिएकोप्रति नेपाल बार एसोसिएसनले आपत्ति जनाएको छ । सोमबार विज्ञप्ति जारी गर्दै नेपाल बारले पर्याप्त आधार र कारणबिना...
काठमाडौँ। नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षले पनि १५औं महाधिवेशनका लागि निर्वाचन निर्देशिका जारी गरेको छ। डा. शशांक कोइरालाको नेतृत्वमा रहेको १५औं केन्द्रीय महाधिवेशन तयारी...
काठमाडौँ । नेपाली काँग्रेसका सांसद आनन्दप्रसाद ढुंगानाले वर्तमान सरकार निरंकुश शैलीमा अघि बढेको आरोप लगाएका छन्। सोमवारको राष्ट्रिय सभा बैठकमा बोल्दै सांसद ढुंगानाले बिनापुर्जी र...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend