Nepal Face
  • बुधबार, ७ असोज २०८३
  • बुधबार सुनचाँदीकै भाउ बढ्यो, तोलाको कतिमा हुदैछ कारोबार ?


    बुधबार, असोज ७ २०८३
    100
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार सुनचाँदीको भाउ सामान्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको मूल्य तोलामा १ सय रुपैयाँ तथा चाँदी ४० रुपैयाँ बढेको हो ।

    महासंघले आज सुनको मूल्य तोलामा ३ लाख २ हजार ३ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख २ हजार २ सय रुपैयाँ थियो ।

    त्यस्तै चाँदीको भाउ तोलामा ४० रुपैयाँ बढेसँगै ४ हजार ८१५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन ४ हजार ७७५ रुपैयाँ थियो ।

    गत शुक्रबार सुनको मूल्य तोलामा ३ लाख ३ हजार १ सय तथा चाँदीको मूल्य ४ हजार ४४७ रुपैयाँ थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार