बिराटनगर । कोशी अस्पतालको मेडिकल सुपरिटेन्डेन्ट(मेसु)को जिम्मेवारी सम्हालेपछि डा. चन्द्रभाल झाले विगत तीन महिनाको अवधिमा सेवा प्रवाहलाई सहज बनाउने, पारदर्शिता बढाउने, प्रविधिको प्रयोग विस्तार गर्ने र नयाँ विशेषज्ञ सेवा थप गर्ने दिशामा केही महत्वपूर्ण कामहरू अघि बढाएका छन् । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको मार्गनिर्देशन र अस्पतालको टीमको साथ र सहयोगमा मेसु झाले कोशी अस्पतालको सुधार गर्न सफल भएका हुन् ।
१. बिरामीको लाइन तथा भीड व्यवस्थापन
अर्थोपेडिक भवनमा बिरामीको चापलाई व्यवस्थित गर्न २ वटा थप काउन्टर सञ्चालनमा ल्याइएको छ। यसले सेवा लिन आउने बिरामीको लाइन र प्रतीक्षा समय व्यवस्थापनमा सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।
२. प्रयोगशाला रिपोर्टमा डिजिटल पहुँच
बिरामीले अस्पतालमा पटक–पटक आउन नपर्ने गरी अनलाइनबाट आफ्नो ल्याबोरोटरी रिपोर्ट प्राप्त गर्न सकिने व्यवस्था अघि बढाइएको छ । साथै, अस्पतालमा क्यूआर कोडमार्फत् Vending machine बाट रिपोर्ट प्राप्त गर्न सकिने प्रणाली पनि सञ्चालनमा ल्याइएको छ ।
३. पारदर्शीता र सूचना प्रवाहमा डिजिटल प्रविधि
अस्पतालका महत्वपूर्ण सूचना, सेवा, कार्यक्रम तथा गतिविधिहरूलाई व्यवस्थित रूपमा सार्वजनिक गर्न मल्टी मिडिया बोर्ड जडान गरिएको छ ।
साथै, अस्पतालको मुख्य प्रवेशद्वारमा डिजिटल डिस्प्ले बोर्ड जडान गरी बिरामी तथा सेवाग्राहीलाई आवश्यक सूचना सहज रूपमा उपलब्ध गराउने व्यवस्था गरिएको छ । यसको उद्देश्य अस्पतालमा सूचना प्रवाह र पारदर्शिता अझ सुदृढ गर्नु हो ।
४. नयाँ विशेषज्ञ स्वास्थ्य सेवाको विस्तार
कोशी अस्पतालमा पहिलो पटक ईआरसीपी सेवा सञ्चालनमा ल्याइएको छ । साथै Clipless Laparoscopy लगायतका आधुनिक उपचार सेवाहरू पनि थप विस्तार गरिएको छ । यसले जटिल उपचारका लागि बिरामीलाई अन्यत्र रिफर गर्नुपर्ने अवस्थालाई क्रमशः कम गर्ने उद्देश्य राखेको छ ।
५. अस्पतालको जग्गा संरक्षण तथा भौतिक पूर्वाधार
अस्पतालको अतिक्रमित र प्रयोगमा रहेका जग्गा खाली गराउने प्रक्रिया अघि बढाई जग्गा संरक्षण तथा बाउन्ड्री वाल निर्माणको काम अघि बढाइएको छ । अस्पतालको सम्पत्तिको संरक्षण गर्दै भविष्यमा आवश्यक स्वास्थ्य पूर्वाधार विकासका लागि जग्गाको व्यवस्थित उपयोग गर्ने लक्ष्य राखिएको छ ।
६. आई हस्पिटलको प्रक्रिया
कोशी अस्पताल परिसरमा आई हस्पिटल सञ्चालन–स्थापनाको प्रक्रिया अघि बढाइएको छ । यसबाट पूर्वी नेपालका बिरामीलाई थप विशिष्टीकृत आँखा स्वास्थ्य सेवा उपलब्ध गराउने आधार तयार हुनेछ ।
कोशी अस्पतालको प्राथमिकता
यी सबै कामको मूल उद्देश्य एउटै रहेकोे छ–‘बिरामीलाई सहज, गुणस्तरीय, प्रविधिमैत्री र पारदर्शी स्वास्थ्य सेवा उपलब्ध गराउने ।’
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयअन्तर्गत राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रले जलन उपचारमा विशेषज्ञ जनशक्ति तयार गर्न ३० कार्यदिनको जलन उपचारसम्बन्धी विशेषज्ञ तालिम सञ्चालन...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
काठमाडौँ । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार, विद्यार्थीको सिकाइ उपलब्धि वृद्धि तथा शिक्षकको उत्तरदायित्व सुनिश्चित गर्न संघ, प्रदेश...
काठमाडौं । प्रसूति सेवाका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा पुगेकी बबिता पासवानले पैसा नभएका कारण २५ भदौमा सडक पेटीमा बच्चा जन्माएकी थिइन् । उक्त...
काठमाडौं । मधेश प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मापदण्ड पूरा नगरेका ४ अस्पतालको नवीकरण र स्तरोन्नति गर्ने क्रममा ठूलो आर्थिक चलखेल भएको तथ्य ढिलोगरी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend