काठमाडौं । सेवा बिस्तारसँगै ६ सय शैयाको भरतपुर अस्पताललाई जग्गा अपर्याप्त छ । तर अस्पतालसँग ३१ बिघा जग्गा भए पनि त्यो जग्गा उसले प्रयोग गर्न सकेको छैन ।
भी नटराज र नगेन्द्र पम्पाटीसहितको भारतीयहरुको लगानीमा संचालित कलेज अफ मेडिकल साइन्सेजले ९ बिघा जग्गा ३२ बर्षदेखि कौडीको मूल्यमा प्रयोग गरिरहेको छ । त्यसका अतिरिक्त नेत्रज्योति संघ नामक गैरसरकारी संस्थाले ७ बिघा जग्गा अतिक्रमण गरेको छ । अझ उक्त जग्गा आफ्नै नाममा संघले दर्ता गर्न खोजेको थियो । यसका अतिरिक्त सीटीईभीटीले ७ बिघा र साझा स्वास्थ्य सेवाले डेढ कट्ठा जग्गाा अतिक्रमण गरेका छन् ।
भरतपुर अस्पताललाई जग्गा अपुग भएर विस्तार गर्न खोज्दा पनि आफ्नै जग्गा पाउन उसले सरकारसँग हारगुहार गर्दैआएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयदेखि सरकारका बिभिन्न निकायमा भरतपुर अस्पतालले जग्गा खाली गराइदिन अनुरोध गरेर दर्जनौैं पत्र लेख्दा पनि कुनै पनि सरकारले गराउन सकेनन् ।
यो पनि पढ्नुहोस् :
वालेन्द्र शाह नेतृत्वको रास्वपाको सरकार आएपछि भरतपुर अस्पतालले जग्गा पाउन सक्ने अपेक्षा चितवनबासीले गरेका थिए । तर स्वास्थ्य मन्त्री मेहता चुनावअघि कलेज अफ मेडिकल साइन्समै कार्यरत रहेको र त्यही कलेजमा कार्यरत डा. मनोहर प्रधानलाई उनले सल्लाहकार बनाएपछि भरतपुर अस्पतालको जग्गा खाली गराउने कार्य हुने आशंका बढ्दै गएको छ ।
कोशी अस्पतालको जग्गामा बनेका संरचना प्रहरी लगाएर भत्काएको बालेन सरकारले भरतपुर अस्पतालसँग गैरकानुनी रुपमा ४९ बर्षका लागि लिजमा लिएर मेडिकल कलेजले बनाएका संरचना हटाउन किन बिलम्ब गरिरहेको छ ? भन्ने प्रश्न उठेको छ ।
चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल सडकमा बिभिन्न स्टन्ट गर्दै हिंडिरहेका भिडियो भाइरल छन् । तर भरतपुर अस्पतालको जग्गा खाली गराउन उनले कुनै चासो राखेको देखिंदैन । कलेज अफ मेडिकल साइन्सका लगानीकर्ता नटराज र पम्पाटीबाट उनी पनि प्रभावित भएकाले संघीय सरकार अन्तर्गतको भरतपुर अस्पतालको जग्गा खाली गराउने प्रक्रियाका बारेमा अनभिज्ञ जस्तै बनेका त होइनन् भन्ने आशंका उत्पन्न भएको छ । रास्वपा सभापति रवि लामिछानेले पनि भरतपुर अस्पतालको जग्गाका बारेमा मौन देखिएका छन् ।
काठमाडौं । ठमेल क्षेत्रमा गैरकानुनी रूपमा बसोबास गरी शंकास्पद गतिविधिमा सङ्लग्न रहेको अभियोगमा प्रहरीले १० जना बङ्गलादेशी नागरिकलाई पक्राउ गरेको छ । विभिन्न होटल तथा...
काठमाडौँ । प्रधानमन्त्री राहत कोषमा करिब १२ अर्ब जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार मंगलबार बिहान ९:०० बजेसम्म प्रधानमन्त्री दैवी प्रकोप उद्धार...
काठमाडौँ। रसुवाको गोसाईंकुण्ड गाउँपालिका–५ रोङ्गा स्थित रसुवा भोटेकोशी जलविद्युत आयोजनाको टनेलमा एक जनाको शव भेटिएको छ। ड्रोन प्रयोग गरेर खोज तथा उद्धार गर्दा एक जनाको...
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend