काठमाडौं । भोटेकोशीमा आएको बाढीबाट प्रभावित तथा क्षतिग्रस्त क्षेत्रको स्वास्थ्य सेवाको अवस्था, स्थानीय नागरिकका स्वास्थ्य आवश्यकता तथा सम्भावित स्वास्थ्य जोखिमको स्थलगत अवलोकन गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले बुधबार विदुर नगरपालिका तथा आसपासका विभिन्न क्षेत्रको अनुगमन गर्नुभएको छ ।
अनुगमनका क्रममा विदुर नगरपालिका–१ स्थित त्रिशुली सेफ हाउस तथा किरियापुत्री भवन, बाढीबाट प्रभावित त्रिशुली बजार तथा नदी आसपासका क्षेत्र, आयुर्वेद तथा वैकल्पिक चिकित्सालय, नुवाकोट तल्लो पिपलटार तथा चन्द्रज्योति माध्यमिक विद्यालय पुगेर अवस्थाको जानकारी लिनुभएको छ। उहाँले प्रभावित तथा पीडित नागरिकसँग प्रत्यक्ष भेटघाट गरी स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै घाइते, चिकित्सक तथा स्वास्थ्यकर्मीसँग समेत भेट गरी उपचार व्यवस्थाको अवस्थाबारे जानकारी लिनुभएको छ ।
अनुगमनका क्रममा प्रभावित क्षेत्रमा आवश्यक स्वास्थ्य सामग्री तथा औषधिको उपलब्धता भए–नभएको एकीन गर्नुका साथै आवश्यकताअनुसार थप औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्था गर्ने विषयमा सम्बन्धित निकायसँग समन्वय गरिएको छ ।
साथै, स्वास्थ्यकर्मीको परिचालन, घाइते तथा बिरामीको उपचार व्यवस्था, सम्भावित सरुवा रोगको जोखिम न्यूनीकरण तथा प्रभावित नागरिकको मानसिक स्वास्थ्य र मनोसामाजिक अवस्थालाई सम्बोधन गर्न मनोपरामर्श सेवाको उपलब्धताबारे समेत जानकारी लिइएको छ ।
विपद्को यस कठिन परिस्थितिमा प्रभावित नागरिक स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आवश्यक स्रोत, जनशक्ति, औषधि तथा स्वास्थ्य सामग्रीको व्यवस्थापन गर्दै सम्बन्धित निकायसँगको समन्वयलाई निरन्तरता दिएको छ ।
काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले दसैँ बिदामा पनि स्वास्थ्य सेवा उपलब्ध गराउन संघ तथा प्रदेशका सबै अस्पताललाई आग्रह गरेको छ । उक्त मन्त्रालयले...
काठमाडौँ। आमा र नवजात शिशुको नैसर्गिक अधिकार सुनिश्चित गर्दै स्तनपानको संरक्षण, प्रवर्द्धन र सहयोग गर्न स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले ‘मातृशिशुमैत्री स्वास्थ्य संस्था कार्यक्रम...
भोलाप्रसाद रोका पृष्ठभूमिः साँझ पर्नासाथ सहरका सडकहरू उज्यालो हुन्छन् । पसलका साइनबोर्ड चम्किन्छन्, गाडीका बत्तीहरू दौडिन्छन्, अग्ला भवनका झ्यालहरूमा जीवनका अनेक दृश्य देखिन्छन् । तर यही...
बीरगञ्ज । २ अर्ब ३९ करोड रुपैयाँभन्दा बढीका हुण्डी कारोबारीलाई संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा नचलाएको बिषयमा विवादमा परेपछि जिल्ला सरकारी वकिल कार्यालय...
काठमाडौँ। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै आइका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend