काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहता बाढी प्रभावित रसुवा, नुवाकोट र धादिङमा अत्यावश्यक स्वास्थ्य सामग्री अभाव हुन नदिन अहोरात्र लागिरहेकी छन् । उनले बाढी प्रभाजित तीनै जिल्ला र काठमाडौंका अस्पतालहरुमा पनि बिभिन्न सरकारी निकाय र अन्तर्राष्ट्रिय र राष्ट्रिय गैरसरकारी संस्थाहरुले उपलब्ध गराएका स्वास्थ्य सामग्री जिल्लामा पठाउनका लागि स्वास्थ्य सेवा बिभाग र ब्यवस्थापन महाशाखालगायतका निकायलाई परिचालन गरेकी छन् ।
यसैगरी मन्त्री मेहताले रसुवा, नुवाकोट लगायतका बाढी प्रभावित जिल्लाहरुमा आवश्यक चिकित्सक तथा स्वास्थ्यकर्मीको टिम भदौ १० गतेदेखि नै खटाइसकेकी छन् । आजदेखि बिभिन्न अस्पतालमा बिज्ञ चिकित्सकको टोलीसहित थप उपचार, शब ब्यवस्थापन, पोस्टमार्टम लगायत समन्वयका लागि टिम पठाइएको छ ।
मन्त्रीको निर्देशनमा स्वास्थ्य सेवा बिभागले रसुवा अस्पतालका लागि पीपीई २ सय सेट, डेथ बडी ब्याग १ सय ५० वटा, सर्जिकल मास्क ४ हजार वटा, एन–९५ मास्क २ हजार, ५० जोर सर्जिकल ग्लोब, बहुउद्देश्यीय (युटिलिटी) ग्लोब १ सय ५० हजार जोर, पोष्टपोर्टम सेट १ सेट, स्यानिटाइजर १० बोटल, ब्लीचीङ पाउडरलगायत शब ब्यवस्थापनका लागि चाहिने १९ वटा आइटम हेलिकप्टरबाट पठाएको छ ।
जुन सामानहरु रसुवा धुन्चेको सेनाको ब्यारेकमा पुगेको जानकारी प्राप्त भइसकेको बिभागले जनाएको छ । बिभागले ती सामान सेनाको ब्यारेकबाट अस्पतालमा लैजान रसुवा अस्पताललाई जानकारी गराएको छ ।
रसुवा, नुवाकोट र धादिङ स्वास्थ्य कार्यालयलाई पनि स्वास्थ्य कार्यालयमा पठाइएको छ । रसुवा स्वास्थ्य कार्यालयमा Ready-to-Use Therapeutic Food. (RUTF) प्याकेट, Balvita ६ लाख, Retinol १ हजार क्याप्सुल स्वास्थ्य सेवा बिभागले गाडीबाट पठाएको छ । उक्त सामान सोमबार रसुवा अस्पतालमा पुग्नेगरी पठाइएको बिभागले जनाएको छ ।
नुवाकोट स्वास्थ्य कार्यालयलाई पनि स्वास्थ्य सामग्री पठाएको छ । नुवाकोट अस्पतालका लागि RUTF २ सय प्याकेट, Balvita ६ लाख र Retinol २ हजार गाडीबाट पठाइएको बिभागले जनाएको छ ।
धादिङ स्वास्थ्य कार्यालयलाई RUTF २ सय प्याकेट, Balvita ६ लाख र Retinol २ हजार पठाएको छ ।
स्वास्थ्य कार्यालय रसुवालाई Injury/ Tramuma/ disability Related १० वटा आइटम जस्तै , C- Spine collar 15, knee cap 7, lumber belt 19, knee cap 7; arm slings 20; ankle brace16 ; elbow support 8; knee immobilizar 6; curtches 12 गरी जम्मा १० वटा सामग्री गाडीबाट पठाएको छ । जुन सामान सोमबार पुग्नेछ ।
बिभागले नेपाल प्रहरी अस्पताल महाराजगन्जलाई पीपीई १ सय सेट, एन ९५ मास्क १ हजार थान, गम १२ जोरलगायत २३ वटा सामग्री उपलब्ध गराएको छ ।
प्रदेश स्वास्थ्य आपूर्ति केन्द्र कोशी, धनगढी, सुर्खेत, अन हर्ट वल्र्ड वाइड, महिला उद्यमी महासंघ, धुलिखेल अस्पताल, स्वास्थ्य ब्यवसायी संघ, हेक्याफबाट प्राप्त भएका अत्यावश्यक स्वास्थ्य सामग्री रसुवा, नुवाकोट र धादिङ लगायतका स्वास्थ्य केन्द्र र अस्पतालहरुमा पठाएको बिभागले जनाएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको उद्घाटन खेलका लागि अनलाइन टिकट बुकिङ खुलेको आधा घण्टामै टिकट सकिएको छ। प्रतियोगिताको आधिकारिक टिकटिङ...
काठमाडौँ। नयाँ दिल्लीमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबिच संक्षिप्त भेटवार्ता भएको छ। अर्थ मन्त्रालयका अनुसार नयाँ दिल्लीस्थित ताज प्यालेस होटलमा आयोजित...
काठमाडौं । सरकारले मुख्यसचिव र सचिवहरूलाई सवारीसाधन खरिदका लागि ६० लाख रुपैयाँसम्म ऋण व्यवस्थापन गर्ने भएको छ । सरकारी कर्मचारीका लागि सवारीसाधन व्यवस्थापन सम्बन्धि निर्देशिका,...
काठमाडौँ। रास्वपा सभापति रवि लामिछानेले आफ्नो भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि रहेको स्पष्ट पारेका छन् । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्किएका लामिछाने शुक्रबार बिहान...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले वेब प्रविधि (पीएचपी) मा विश्वव्यापी रूपमा देखिएको गम्भीर सुरक्षा जोखिमलाई मध्यनजर गर्दै आफ्नो वेबसाइटलगायतका सेवाहरू अस्थायी रूपमा बन्द गरेको जनाएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend