Nepal Face
  • बिहिबार, ११ भाद्र २०८३
  • स्वास्थ्य मन्त्रीद्वारा बाढी प्रभावित क्षेत्रमा औषधि र चिकित्सकको टोली परिचालन


    बुधबार, भाद्र १० २०८३
    480
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा बाढी प्रभावित क्षेत्र रसुवा र नुवाकोटका बिभिन्न ठाउँमा स्वास्थ्य सेवा बिभागमार्फत् औषधि तथा चिकित्सकको टोली पठाएको छ ।

    बुधबार दिनभर स्वास्थ्य सेवा बिभागको आपूर्ति शाखाले बाढीपीडित क्षेत्रमा औषधिसहितका चिकित्सकहरु पठाएको छ ।

    स्वास्थ्य मन्त्रालयद्वारा बाढी प्रभावित क्षेत्रमा पठाइएको औषधि

    मन्त्री मेहताले स्वास्थ्य मन्त्रालयले बाढी प्रभावित क्षेत्रमा नागरिकको उपचारमा कुनै कमी हुन नदिन दिएको निर्देशन पालना गर्दै स्वास्थ्य सेवा बिभागले बुधबार रसुवा र नुवाकोटतर्फ औषधि र चिकित्सकको टोली पठाएको हो ।

    आपूर्ति शाखाका प्रमुख दया पन्तसहितका कर्मचारीहरु दिनभर औषधिसहितको टोली पठाउन सक्रिय रुपमा लागेका थिए ।

    प्रधानमन्त्री वालेन्द्र शाहले बाढी प्रभावित क्षेत्रमा नागरिकको खानपिन, स्वास्थ्योपचार सहित सबै जिम्मा लिने विश्वास दिलाइसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार