काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) को केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठक आज (शुक्रबार)बिहान ११ बजे वनस्थलीस्थित केन्द्रीय कार्यालय घण्टी घरमा बस्नेछ ।
बैठकमा पार्टीका दस्तावेज, साङ्गठनिक व्यवस्थापन तथा मनोनयन, योजना, कार्यक्रम तथा अभियान लगायतका विषयमा छलफल हुने कार्यसूची छ ।
यस्तै, पार्टीको दस्तावेज अन्तर्गत स्थानीय निर्वाचनका लागि उम्मेदवार छनोट रूपरेखा २०८३ अनुमोदन एवं राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्ने सम्बन्धमा छलफल हुने कार्यसूची छ ।
यसैगरी साङ्गठनिक व्यवस्थापन तथा मनोनयन अन्तर्गत केन्द्रीय समिति सदस्य मनोनयन, पदाधिकारी मनोनयन, सचिवालय सदस्य मनोनयन, विभागीय प्रमुखहरूको मनोनयन, स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्य मनोनयन बैठकको कार्यसूचीमा छ ।
योजना, कार्यक्रम तथा अभियान अन्तर्गत केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्य नेतृत्वमा स्थानीय तहमा ‘उम्मेदवार छनोट रूपरेखा’ अभिमुखीकरण तथा प्रशिक्षण कार्यक्रम सञ्चालन एवं पार्टीको मुखपत्रका रूपमा ‘स्वतन्त्र’ मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने सम्बन्धमा पनि छलफल हुने कार्यसूची छ ।
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम अझै जारी छ । प्रधानमन्त्री...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend