काठमाडौँ। बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नियुक्त ६ मन्त्रीलाई जिम्मेवारी दिएका छन्। नवनियुक्त मन्त्रीहरूले आज पद तथा गोपनीयताको शपथ लिएका छन्।
एमालेबाट भरत केसीले भौतिक पूर्वाधार विकास मन्त्रालयको जिम्मेवारी पाएका छन् भने ज्ञानबहादुर तामाङलाई बिना विभागीय मन्त्री बनाइएको छ। मन्त्रालय बाँडफाँटसम्बन्धी सहमति पूरा भएपछि तामाङको जिम्मेवारी तोकिने मुख्यमन्त्री थापा मगरले बताएका छन्।
नेकपाबाट सरल सहयात्री पौडेल आर्थिक मामिला तथा योजना मन्त्री बनेका छन्। नेकपाले पाउने अर्को मन्त्रालयमा भने पछि मन्त्री नियुक्त गर्ने तयारी छ।
राप्रपाबाट राजु विष्ट खानेपानी, ऊर्जा तथा सिँचाइ, गिरबहादुर तामाङ स्वास्थ्य तथा सामाजिक र राजेन्द्र प्रजापति उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्री नियुक्त भएका छन्।
बागमती प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसहित आठ मन्त्रालय रहेका छन्। पछिल्लो विस्तारपछि पनि कृषि, पशुपन्छी, वन तथा वातावरण तथा आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रालयमा मन्त्री नियुक्त हुन बाँकी छ।
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी गंगा दाहालले हजारौ सहिदको रगत साटेर बनाएको संविधान र कानुनबमोजिम, जुनसुकै निकायले गर्ने कानुनी...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभाका संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति औपचारिक असहमति जनाएका छन्। पार्टीले पर्याप्त छलफल नगरी...
हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए । उनका अनुसार बिहान ११...
काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्। प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend