काठमाडौँ। बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका किरण थापा मगर नियुक्त भएका छन्।
प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बिहीबार नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन्।
बुधबार एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदको समर्थनसहित थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए।
प्रदेश प्रमुखको कार्यालयमा तीन दलको समर्थन रहेको निवेदन परेपछि थापालाई मुख्यमन्त्री नियुक्त गरिएको हो। एमाले र नेकपाबीचको नयाँ सत्ता समीकरणअनुसार बागमती सरकारको नेतृत्व एमालेको भागमा परेको थियो।
यसअघि एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ अल्पमतमा परेका थिए। बानियाँले राजीनामा दिएपछि प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि संविधानको धारा १६८ को उपधारा (२) बमोजिम दाबी पेस गर्न आह्वान गरेका थिए।
काठमाडौँ। बागमती प्रदेशमा मुख्यमन्त्री किरण थापा मगरले मन्त्रिपरिषद् विस्तार गर्दै एमाले, नेपाली कम्युनिष्ट पार्टी(नेकपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)बाट नियुक्त ६ मन्त्रीलाई जिम्मेवारी दिएका...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का नेता कमल थापाले बागमती प्रदेशसभाका संसदीय दलका नेता उद्धव थापामाथि गरिएको कारबाहीप्रति औपचारिक असहमति जनाएका छन्। पार्टीले पर्याप्त छलफल नगरी...
हेटौंडा । बागमती प्रदेश सरकारमा नवनियुक्त मुख्यमन्त्री किरण थापाले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपालको संविधानको धारा १६८ को २ बमोजिमको सरकारको नेतृत्व...
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिले बैठक बोलाएको छ । समितिले शुक्रबारका लागि बैठक बोलाएको सचिव दिनेश थापामगरले जानकारी दिए । उनका अनुसार बिहान ११...
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend