Nepal Face
  • बिहिबार, ४ भाद्र २०८३
  • उद्धव थापा प्रदेश सांसदबाट पदमुक्त, पार्टी सदस्यबाट निष्काशित


    बिहिबार, भाद्र ४ २०८३
    120
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ ।

    अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही गरेको जानकारी दिए। थापाले एमाले‍ र नेकपाको सरकारलाई समर्थन गरेका थिए।

    उनको समर्थनलाई अस्वीकार गर्दै राप्रपाले समर्थन फिर्ता लिन आग्रह गरेको थियो। तर उक्त आग्रह नमानेको उल्लेख गर्दै राप्रपाले कार्बाही गरेको हो।

    ‘उद्वव थापालाई साधारण सदस्य र प्रदेश सभाको सदस्यबाट कारबाही गरिएको छ’ लिङदेनले भने।

    अहिले संसदीय दलको नेतालाई कार्बाही गरेको अब सरकारमा सहभागी हुने अन्यलाई पनि कार्बाही गर्ने अध्यक्ष लिङदेनले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार