काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद अमरेशकुमार सिंहले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको संवैधानिक हैसियत र संस्थागत स्वायत्ततामाथि प्रश्न उठाउँदै आयोगको कामकारबाहीमा स्वतन्त्रता र निष्पक्षता कायम हुनुपर्ने बताएका छन्।
संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सिंहले अख्तियार संवैधानिक निकाय भएकाले उसको संस्थागत भूमिका र स्वतन्त्रतामाथि कुनै प्रश्न उठ्ने अवस्था सिर्जना हुन नहुने धारणा राखेका हुन्।
‘अख्तियार प्रधानमन्त्री कार्यालयको शाखा हो कि संवैधानिक आयोग ?’, उनले भने।
उनले अख्तियारका पदाधिकारी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगेको घटनालाई समेत प्रश्नको विषय बनाए। अख्तियार प्रधानमन्त्री कार्यालय अन्तर्गतको संरचना नभई संवैधानिक आयोग भएकाले त्यसको संस्थागत मर्यादा र स्वायत्ततालाई ध्यान दिनुपर्ने उनको भनाइ थियो।
गत असारको पहिलो साता अख्तियारका सबै पदाधिकारी प्रधानमन्त्री कार्यालय पुगेको घटनालाई लिएर समेत प्रश्न उठेको थियो। त्यस क्रममा प्रधानमन्त्री वालेन्द्र शाहका सहयोगीहरूले अख्तियारका पदाधिकारीलाई कार्यालयमा लामो समय राखेर सोधपुछ गरेको दाबी सार्वजनिक भएपछि आयोगको स्वतन्त्रताबारे बहस भएको थियो।
सोही घटनाको सन्दर्भ उल्लेख गर्दै सांसद सिंहले अख्तियारमाथि कार्यपालिका प्रभावको आशंका उत्पन्न हुने गतिविधि हुन नहुनेतर्फ सरकार तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका हुन्।
सरकारका कामकारबाहीमा निगरानी तथा नियन्त्रण र सन्तुलन कायम गर्न संवैधानिक रूपमा स्थापित आयोगको संस्थागत स्वायत्तता कायम राख्नु आवश्यक रहेको सिंहको जोड छ।
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर समूहले १५ औं महाधिवेशन प्रक्रिया रोक्न माग गर्दै अदालत जाने निर्णय गरेको छ । महाराजगञ्जस्थित डा. शशांक कोइरालाको...
काठमाडौं । राप्रपाले बाग्मती प्रदेश सभा संसदीय दलका नेता उद्वव थापालाई पार्टीबाट निष्काशन गरेको छ । अध्यक्ष राजेन्द्र लिङदेनले पार्टीको निर्देशन बमोजिम नचलेको भन्दै कारबाही...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले पूर्वसभापति शेरबहादुर देउवालाई लक्षित गर्दै कटाक्ष गरेका छन्। आज काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै कसैलाई पाँच पटक प्रधानमन्त्री...
बारा । तीन बर्षिया बालिका गरिमा चौधरीको बलात्कारपछि भएको हत्याको विरोधमा आक्रोशित स्थानीयबासीले बाराको जीतपुरसिमरा उपमहानगरपालिका भित्रका ग्रामीण सडक समेत बन्द गराएका छन् । जीतपुरसिमरा...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले परिणाममुखी खर्चको सिद्धान्तअनुसार वैदेशिक सहायता परिचालन हुने गरी आवश्यक नीतिगत सुधार गर्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमा बिहीबार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend