काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारमा रहेका मन्त्री परिवर्तन गर्ने विषयमा पार्टीभित्र कुनै तयारी वा छलफल नभएको बताएका छन्।
बुधबार सिंहदरबारमा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले मन्त्रीहरूले गरेका कामको समीक्षा हुनु स्वाभाविक भए पनि त्यसलाई मन्त्री हेरफेरसँग जोड्न नहुने स्पष्ट पारे।
उनका अनुसार कुनै मन्त्रीले धेरै काम गरिरहेको अवस्थामा तीमध्ये केही निर्णय वा कार्यसम्पादनमाथि प्रश्न उठ्न सक्ने अवस्था सामान्य हो। त्यस्ता प्रश्नलाई पार्टीले अस्वाभाविक रूपमा नलिने उनको भनाइ छ।
लामिछानेले रास्वपाले आफ्नै दलका मन्त्री तथा नेतृत्वसँग समेत प्रश्न गर्दै आएको बताए। यही विषयमा छलफल गर्न पार्टीले बैठक राखेको उल्लेख गर्दै उनले त्यसको उद्देश्य मन्त्री परिवर्तन नभएको स्पष्ट पारे।
उनले तत्काल कुनै पनि मन्त्रालयका मन्त्री फेर्ने विषयमा छलफलसमेत नभएको दोहोर्याएका छन्।
काठमाडौँ। चलचित्र विकास बोर्डको अध्यक्षमा मनिष पण्डित नियुक्त भएका छन्। असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकले पण्डितलाई नियुक्त गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको...
चितवन । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले जनता मन्त्रीलाई भेट्न आउने नभई मन्त्री जनतालाई भेट्न जानुपर्ने बताएकी छन्...
काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्यहरूको शपथ ग्रहण समारोह बिहीबार हुने भएको छ । केन्द्रीय निर्वाचन समितिले असोज अन्तिम...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend